अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा प्रतिभाहरु पुरस्कृत

anatararashhataraya-apanaga-thavasama-paratabhahara-parasakata

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा प्रतिभाहरु पुरस्कृत

२१ औ अन्तराष्ट्रिय अपांग दिवसको उपलक्ष्यमा राष्ट्रिय अपांग कोषले आज बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान दिएकाहरुलाई अपांग पतिभा पुरस्कारले सम्मानीत गरेको छ ।
राष्ट्रिय अपांग कोषको परिषर भृकुटीमण्डपमा आयोजना गरीएको सो कार्यक्रमको महिला बालबालीका तथा समाज कल्याण मन्त्री बदी न्यौपानेले बिभिन्न क्षेत्रमा योगदान दिनेहरुलाई अपांग प्रतिभा पुरस्कारद्धारा सम्मानीत गर्नुभयो । मन्त्री न्यौपानेले कोषदारा दिइने अपांग विद्यार्थी प्रतिभा पुरस्कारबाट शारीरिक तर्फ ः क्यालन सेन्टर ईंग्लीस बोर्डिंग स्कूल, रुपैलिया ९, महालवारी नवलपरासीका व्हिलचियर प्रयोग गर्ने विद्यार्थी सागर पाण्डे, दृष्टिविहिन तर्फः चिर्तुगधारा ४, पाल्पा घर भै लेबोरेटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर काठमाडौंका दृष्टिविहिन विद्यार्थी सन्देश खनाल र बहिरा तर्फ ः केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालय नक्साल, काठमाडौंका बहिरा विधार्थी शारदा थापा लाई प्रमाणपत्र तथा जनही रु.१०,००१ प्रदान गर्नुभयो । त्यस्तै अपांग शिक्षक सम्मान पुरस्कारबाट शारीरिक तर्फः श्री ब्रम्ह दत्त जोशी, दृष्टिविहन तर्फ ः श्री पूर्णदेवि कंसाकार र बहिरा तर्फ ः श्री भानुलाल आचार्यलाई, चन्द्रकुमार भट्टराईको सहयोगमा स्थापित चन्द्रकुमार भट्टराई नेत्रहिन प्रतिभा पुरस्कार स्याङजा जिल्ला शाखर निवासी अल्प दृष्टिविहिन भगवती भट्टराई र इन्दिरा राणाको सहयोगमा स्थापित धन(इन्दिरा राणा बहिरा प्रतिभा पुरस्कार विराटनगर निवासी जीवन दहाललाई जनही नगद रु ५००१ सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै साहित्यकार श्रीमती गंगा पौडेलको सहयोगमा स्थापित हेमगंगा शारीरिक अपांग प्रतिभा पुरस्कार पुरस्कारका संस्थापक श्रीमती गंगा पौडेल र बरिष्ट कलाकार हेम पौडेलले संयुक्त रुपमा बिगत १३ बर्ष देखी पत्रकारीतामा क्रियाशिल नुवाकोट थानापतिका पत्रकार रबिन प्रसाद थपलिया प्रदान गर्नुभयो साथै यस बर्ष देखि सुरुवात गरीएको हेमगंगा साहित्यीक पुरस्कार कलाकार संजय वान्तवा लाई संयुक्त रुपमा प्रदान गर्नुभयो । थपलिया र वान्तवालाई जनही रु ५००१ तथा प्रमाणपत्र प्रदान गरीएको थियो ।
सोहि अवसरमा कलाकार हरिप्रसाद शर्माको सहयोगमा स्थापित कलाकार हरिप्रसाद शर्मा स्वरोजगार सहयोग तौथली वडा नं. ८ सिन्धुपाल्चोक घर भै हाल नारायणटार जोरपाटी बस्दै आउनु भएको व्हिलचियर प्रयोग गर्ने चनमाया श्रेष्ठलाई नगद रु ५००० प्रदान गर्नुभएको थियो । त्यसै गरी यस बर्ष राष्ट्रिय अपांग कोषमा २०४४ साल देखि कार्यरत कोषका प्रवन्धक प्रचण्ड मान बज्राचार्यलाई दिर्घ सेवा गरे वापत नगद सहित कदर पत्र प्रदान गरीएको थियो ।

पुरस्कार बितरण समारोहमा बोल्दै महिला बालबालीका तथा समाजकल्याण मन्त्री बद्री न्यौपानेले अपांगता भएका प्रतिभाहरु राज्यका गहना रहेको भन्दै राज्यले उनिहरुको प्रतिभाको उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।
मन्त्री न्यौपानेले अपांगता भएकाहरुका निम्ती राज्यले कुनै पनि सेवा र सुबिधा दिन पछि नपर्ने समेत बताउनुभयो ।
अपांगताको अधिकारलाई सुनिश्चीत गर्नको निम्ती एउटा मन्त्रालयले मात्र सम्भब नहुने भन्दै हरेक मन्त्रालयले अपांगता भएकाहरुलाई रोगजारीको निम्ती आरक्षणको कोटा छुटयाउन अनुरोध समेत गर्नुभयो ।
उहाँले अपांगता भएकाहरुको निम्ती अपांग कल्याण ऐन २०३९लाई परिमार्जन गरी लागु गर्न सरकार लागि रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिब रबिन्द कुमारले अपांगता भएकाहरुको निम्ती बितरण गरीएको रकमको जिल्ला जिल्लामा दुरुपयोग बढदै गएकाले संयन्त्र बनाएर आगामी दिनमा अगाडी बढने बताउनु भयो ।
हेमगंगा शारिरीक अपांग पतिभा पुरस्कारका संस्थापक साहित्यकार गंगा पौडेलले अपांग कोषले २०५५ सालमा पुरस्कार दिएपछि आफुले पनि हौसला पाएर पुरस्कारको स्थापना गरेको बताउनु भयो ।
अपांग कोषका सदस्य सचिब दिप कुमार चौधरीले कोषको प्रगति बिबरण पेश गर्नुभएको थियो ।
अपांग कोषका सभापति निम बहादुर बुढाथोकिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वास्थ्य कोषका सभापति सुरेन्द पट्टेल, राष्ट्रिय अपांग महासंघका सचिब मुकुन्द दाहाल, सम्मानीतको तर्फबाट संजय बान्तवा, राष्ट्रिय अपांग कोषका सदस्य नितेश कुमार गुप्ता लगायतले अपांग दिवसको महत्व र सान्दभीकताको बारेमा बोलेका थिए ।

View details

OUR PARTNERS

logo
logo
logo
logo