अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस सम्पन्न

anatararashhataraya-fajayatharapa-thavasa-samapanana

अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस सम्पन्न

२३ भाद्र २०७९ ।  हरेक बर्षझैँ यस बर्ष पनि ८ सेप्टेम्बरको अवसरमा समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अन्तराष्ट्रिय फिजियोथेरापी दिवस मनाइएको छ । ओस्टोअर्थराइटिसको रोकथाम र ओस्टोअर्थराइटिसबाट प्रभावित व्यक्तिहरुको व्यवस्थापनमा फिजियोथेरापिष्टहरुको भूमिकालाई प्रवर्द्धन गरौँ भन्ने मूल नाराका साथ कोषको कार्यालयमा यस दिवस मनाइएको हो ।


दिवसको अवसरमा कोषबाट फिजियोथेरापी सेवा लिइरहेका सेवाग्राहीहरु क्रमशः बर्षा थापा उदेशिका थिङ र उत्तम डङ्गोललाई सम्मान गरिएको थियो।

यसैबिच सम्मान गरिएका सेवाग्राहीहरुले कोषबाट प्राप्त गरेको सेवाले उनिहरुको जीवनमा आएको परिवर्तनबारेको अनुभवहरु सुनाउनुभएको थियो । यस्तै प्राविधिकहरुको तर्फबाट कुनै पनि सिमितता भएका व्यक्तिहरुको प्रारम्भिक तहमै रोकथाम गरि गतिशिलता बढाउनका लागि फिजियोथेरापिष्ट तथा अर्थोटिस्ट एवं प्रोस्थेटिस्टले अनुभवहरु साझा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कोषको सदस्य सचिव सुष्मा कार्कीले कोषको सेवा केन्द्रबाट अझै परिस्कृत तवरले सेवा दिनका लागि आफूहरुले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

कोषका सभापती डेकराज भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासन अधिकृत सुनिता पौडेल, प्राविधिक तथा अन्य कर्मचारी एवं सेवाग्राहीहरु तथा उनीहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो ।


OUR PARTNERS

logo
logo
logo
logo