अपाङ्गता भएका व्यक्तिहरुका लागि तालिम तथा छात्रवृत्ति प्रदान गर्ने बारेको सूचना

apanagata-bhaeka-vayakataharaka-lga-talma-tatha-chhataravatata-parathana-garana-braka-sacana

अपाङ्गता भएका व्यक्तिहरुका लागि तालिम तथा छात्रवृत्ति प्रदान गर्ने बारेको सूचना

राष्ट्रिय अपांग कोषले २०६९/७० को वार्षिक कार्यक्रम अन्तर्गत निम्न अनुसारको निःशुल्क तालिम र छात्रवृत्ति प्रदान गरिने हुँदा अपांगता भएका व्यक्ति/विद्यार्थीहरुबाट दर्खास्त आव्हान गरिन्छ । तालिम र छात्रवृत्तिको दर्खास्त फाराम यस कोषको Web Site:www.ndfund.org.np मा पनि राखिएको छ ।

तालिम

क) ६ महिने मोवाइल रिपेरिंग तालिम
सहभागि संख्याः १० जना
न्यूनतम एस.एल.सी. उत्तीर्ण
ख) ६ महिने सिलाई कटाई तालिम
सहभागि संख्याः १० जना
न्यूनतम कक्षा ८ उत्तीर्ण

दर्खास्त दिने अन्तिम मितिः २०६९ माघ मसान्त भित्र

संलग्न कागजात
१. अपांगता परिचय पत्र ।
२. अपांगता प्रष्ट देखिने फोटो ।
३. शैक्षिक योग्यताको प्रमाणपत्र ।

नोटः अन्र्तवार्ताबाट छनौट गरिनेछ ।

* माथि उल्लेखित दुवै तालिममा आवश्यक योग्यता तथा पूर्व अनुभव भएका व्यक्तिहरुबाट प्रशिक्षकका लागि पनि २०६९/१०/२६ भित्र दर्खास्त आव्हान गरिन्छ । आपाङ्गता भएका व्यक्तिलाई आवेदन दिन प्रोत्साहित गरिएको छ ।

छात्रवृत्तिः (उच्च शिक्षाका लागि)ः अपांगता भएका कक्षा ११ देखि स्नातकोत्तर सम्मका २५ जना विद्यार्थीहरुलाई मासिक रु.५००/- का दरले छात्रवृत्ति प्रदान गरिने छ ।

दर्खास्त दिने अन्तिम मितिः २०६९ फागुन १५ गतेभित्र

संलग्न कागजात
१. अपांगता परिचय पत्र ।
२. अपांगता प्रष्ट देखिने फोटो ।
३. आफूले अध्ययन गरिरहेको शैक्षिक संस्थाको सिफारिस ।
४. अन्तिम कक्षा/तह उत्तिर्ण गरको प्रमाण पत्रको फोटाकपी ।

नोटः अन्र्तवार्ताबाट छनौट गरिनेछ ।

थप जानकारीका लागि

समाज कल्याण परिषद्
राष्ट्रिय अपांग कोष
भृकुटीमण्डप, काठमाडौं ।
फोनः ०१ ४२२४९६८, फ्याक्सः ०१ ४२२७२०३

E-mail: info@ndfund.org.np

Web Site: ndfund.org.np

OUR PARTNERS

logo
logo
logo
logo