बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयसँग समन्वय बैठक सम्पन्न

bgamata-parathasha-samajaka-bkasa-manataralyasaga-samanavaya-bthaka-samapanana

बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयसँग समन्वय बैठक सम्पन्न

२० चैत । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री तथा पुनर्स्थापनामा पहुँच पुर्याउनका लागी  बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयमा प्रदेश स्तरिय समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकले बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयसँग पुनर्स्थापना सेवामा सबैको पहुँच सुनिश्चित गर्नका लागी आवश्यक समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय अपाङ्ग कोषका सभापती रमेश लामाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सामाजिक बिकास मन्त्रालयका रुद्रहरी भण्डारी, स्वास्थ्य बिकास महाशाखाका प्रमुख सतिश विष्ट, महिला तथा बालबालिका शाखाको महिला बिकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकार, बाल स्रोत व्यक्ति बदुरी प्रसाद वाग्ले, सामाजिक बिकास महाशाखाका अधिकृत अशोक काफ्ले, सूचना सहायक संजय पुलामी, दोभाषे सरस्वती कटुवाल, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको कार्यक्रम संयोजक सीता मल्ल, आई. एल. सेन्टर मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्वो लगायतको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo