बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा समन्वय बैठक सम्पन्न

bgamata-parathasha-savasathaya-narathashanalya-hatadama-samanavaya-bthaka-samapanana

बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा समन्वय बैठक सम्पन्न

२० चैत । राष्ट्रिय अपाङ्ग कोष काठमाण्डौँको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी परियोजना अन्तर्गत बागमती प्रदेश स्वास्थ निर्देशनालयसँग समन्वय बैठक भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा (LCDMS) ले प्रदेश स्तरमा सहायक सामाग्री तथा पुनर्स्थापनाको लागी बिनियोजित बजेट कार्यान्वयनको लागी उक्त बैठक भएको हो ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाको अध्यक्षतामा बसेको बैठकमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक रमेश प्रसाद अधिकारी राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको कार्यक्रम संयोजक सीता मल्ल लगायत सहभागी हुनुहुन्थ्यो । सहभागीहरुले पुनर्स्थापना अपाङ्गता भएका व्यक्तिहरु मात्रै नभई सबैको लागी आवश्यक भएको बताउनुहुँदै यस बिषयमा व्यापक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । सो बैठकले सहायक सामाग्री तथा पुनर्स्थापना कार्यक्रमका लागी बिनियोजित बजेट कार्यान्वयन गर्नका लागी निर्देशनालयसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

OUR PARTNERS

logo
logo
logo
logo