बागमती प्रादेशिक अस्पतालसँग समन्वय बैठक सम्पन्न

bgamata-parathashaka-asapatalsaga-samanavaya-bthaka-samapanana

बागमती प्रादेशिक अस्पतालसँग समन्वय बैठक सम्पन्न

२० चैत २०७७ ।  राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डप काठमाण्डौँको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी परियोजना अन्तर्गत बागमती प्रदेशको प्रादेशिक अस्पतालसँग सहायक सामाग्री र पुनर्स्थापना सेवामा सहकार्य सम्बन्धमा समन्वय बैठक समपन्न भएको छ ।

उक्त बैठकले हेटौँडा प्रादेशिक अस्पतालमा उपचारपश्चात पुनर्स्थापना सेवा आवश्यक भएका व्यक्तिहरुलाई राष्ट्रिय अपाङ्ग कोषबाट प्रदान हुँदै आइरहेको सेवाको लागी सिफारिस सहकार्य र समन्वय गर्ने निर्णय गरेको छ । एक फरक प्रसङ्गमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बागमती प्रदेशमा पुनर्स्थापना सेवाको माग बढ्दै गएको परिप्रेक्ष्यमा पुनर्स्थापनामा सबैको पहुँच सुनिश्चित गर्नका लागी सबै सरोकारवालाहरुको साझा प्रयास जरुरी रहेको बताउनुभयो । बैठकमा  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा हरि बहादुर खड्काले पुनर्स्थापना अपाङ्गता भएका व्यक्तिलाई मात्र नभई अब सबैको साझा सरोकार भएको उल्लेख गर्नुहुँदै प्रतिष्ठानले आगामी दिनमा पुनर्स्थापना कार्यक्रमको लागी कोषसँग सहकार्य गरिने बताउनुभयो । यस्तै अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डा. प्रविण श्रेष्ठले अधिकांश व्यक्तिहरु चोटपटकको कारणबाट अपाङ्गता हुन पुगेकोले सवारी चलाउँदा संयमता अपनाए मात्र पनि अधिकांश व्यक्तिलाई अपाङ्गता हुनबाट जोगाउन सकिने बताउनुहुँदै पुनर्स्थापनाको बिषयमा सार्वजानिक सचेतना आवश्यक रहेको बताउनुभयो ।

कोषका सभापती रमेश लामाको अध्यक्षतामा सम्पन्न बैठकमा हेटौँडा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल,  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा हरि बहादुर खड्का, प्रमुख कन्सल्टेन्ट सर्जन डा. प्रविण श्रेष्ठ, कन्सल्टेण्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा, इन्डिपेन्डेण्ट लिभिङ सेन्टर मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बो, बागमती प्रदेश राष्ट्रिय अपाङ्ग महासंघको कार्यक्रम संयोजक सीता मल्ल,  कोषको आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्य,फण्डरेजिङ अफिसर मिलन खराल लगायतको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo