भरतपुर महानगरमा सहायक सामाग्री वितरण तथा समन्वय बैठक

bharatapara-mahanagarama-sahayaka-samagara-vataranae-tatha-samanavaya-bthaka

भरतपुर महानगरमा सहायक सामाग्री वितरण तथा समन्वय बैठक

१८ भाद्र २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी कार्यक्रम अन्तर्गत पुनर्स्थापना सेवामा साझेदारी बैठक तथा सहायक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलको अध्यक्षतामा बसेको सो बैठकले पहिलोमा पुनर्स्थापना सेवामा राष्ट्रिय अपाङ्ग कोष र भरतपुर महानगरपालिकाबिच सहायक सामाग्री वितरणका लागी आवश्यक साझेदारी गर्ने निर्णय गरेको छ भने दोस्रोमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कुष्ठरोग नियन्त्रण शाखाको संघिय सशर्त अनुदानको रुपमा प्राप्त भएको रकमबाट भरतपुर महानगरको रोहबरमा भरतपुर १० निवासी निकेश थापालाई कृतृम खुट्टा र पुर्णमाया ढकाललाई १ थान ह्विलचियर बितरण गर्ने निर्णय गरेको छ ।

उक्त बैठकलाई सम्बोधन गर्नुहुँदै महाशाखा प्रमुख पौडेलले पुनर्स्थापना सेवा सबैको लागी महत्वपुर्ण भएको बताउनुहुँदै पछिल्लो समय यसको आवश्यकता बढ्दै गएको जानकारी दिनुभयो । साथै उहाँले विगतमा पनि पुनर्स्थापना सेवा अन्तर्गत कोषले उपलब्ध गराएको सेवाले चितवन निवासी धेरै अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित भएको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि साझेदारी र समन्वयका लागी आवश्यक कदम चालिने बताउनुभएको छ ।

बैठकमा महानगरिय जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका प्रमुख दिपक सुवेदी, महिला बिकास अधिकृत कलावती ओझा, महानगर अपाङ्गता परिचयपत्र वितरण समिति सदस्य यम प्रसाद सुवेदी, महिला बिकास निरिक्षक अप्सरा देवकोटा, सहायक महिला बिकास निरिक्षक निमा खड्का, चितवन अर्थो सहयोगी सामाग्री सेन्टरका प्रमुख बिष्णु अर्याल र सेवाग्राहीहरु क्रमशः निकेश थापा र रोहिणी ढकाल लगायत कोषको तर्फबाट फण्डरेजिङ अफिसर मिलन खराल तथा आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्यको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo