भरतपुरमा सहायक सामाग्री वितरणका लागी समन्वय बैठक

bharataparama-sahayaka-samagara-vataranaeka-lga-samanavaya-bthaka

भरतपुरमा सहायक सामाग्री वितरणका लागी समन्वय बैठक

९ चैत २०७७ । राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डप काठमाण्डौँले सहायक सामाग्री वितरण कार्यका लागी समन्वय बैठक सम्पन्न गरेको छ । पछिल्लो समयमा विभिन्न कारणबाट अपाङ्गता हुने क्रम बढेकोले सो को न्यूनिकरणका लागी स्थानिय तहले नितीगत तर्जुमा गर्दै पुनर्स्थापना सेवामा साझेदारी गर्ने उद्धेश्यका साथ शारिरीक पुनर्स्थापना गतिविधी परियोजना अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषले भरतपुर महानगरपालिकामा उक्त समन्वय बैठकको आयोजना गरेको हो ।

भरतपुर महानगरपालिकाको उपमेयर पार्वती शाहको अध्यक्षतामा बसेको उक्त बैठकले राष्ट्रिय अपाङ्ग कोषको लागी सङ्घीय सरकारको सशर्त अनुदान प्राप्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाबाट विनियोजित बजेटबाट सहायक सामाग्री वितरण लागी सहजीकरण गर्ने एवं अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री उपलब्ध गराउन भरतपुर  महानगरपालिका र राष्ट्रिय अपाङ्ग कोषबिच द्विपक्षिय समझदारी  (MOU)  गरी अधिकभन्दा अधिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री सेवा उपलब्ध गराउने निर्णय गरिएको छ ।

बैठकमा राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामा, भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, महानगर स्वास्थ्य संयोजक दिपक सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघका संघीय सदस्य निर्मल कुमार श्रेष्ठ, महानगरिय अपाङ्गता परिचयपत्र बितरण समितीका सदस्य यम प्रसाद सुवेदी, अपाङ्ग समाज चितवनका उपाध्यक्ष होमनाथ अधिकारी, राष्ट्रिय अपाङ्ग कोषका प्रोस्थेटिक एण्ड अर्थोटिक प्राविधिक राम बहादुर थापा र फण्डरेजिङ अफिसर मिलन खराल सहभागी हुनुहुन्थ्यो ।

OUR PARTNERS

logo
logo
logo
logo