चाँगुनारायणमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखिकरण

caganarayanaema-savasathaya-samabnathha-panarasathapanama-pahaca-samabnathha-abhamakhakaranae

चाँगुनारायणमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखिकरण

२३ मंसिर २०७८ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापना गतिविधी कार्यक्रमको आयोजनामा यस अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा पुनर्स्थापना सेवामा साझेदारीका लागि र स्थानिय सरकारसँग समन्वय गर्नका लागि कोषले गरेको अनुरोधलाई सकारात्मक भन्दै प्रमुख अतिथी नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले अबको समयमा सरकार र निजी क्षेत्र दुवैको संलग्नताबाट मात्रै पुनर्स्थापनामा मनग्गे पहुँच पुग्न सक्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले पुनर्स्थापनाको सेवामा दीगोपनाको लागि कुनै एउटा दातृ संस्था भन्दा पनि दीगो स्रोत व्यवस्थापनमा सबैले हातेमालो गर्नुपर्ने र सो को लागि आफ्नो नगरपालिका तयार रहेकोमा जोड दिनुभएको थियो।

कार्यक्रममा नगरपालिकाका मेयर सोम प्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख निला कुमारी घिमिरे, अपाङ्ग समन्वय समितिका सदस्यहरु क्रमशः टिकाराम लामिछाने, प्रल्हाद बन लगायतको सहभागीता रहेको थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा कोषको तर्फबाट प्रशासन अधिकृत सुनिता पौडेल,  परियोजना संयोजक तारा कुमारी कार्की ,आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्य र फण्डरेजिङ अफिसर मिलन खराल लगायत सहभागी हुनुहुन्थ्यो ।

OUR PARTNERS

logo
logo
logo
logo