चन्द्रागिरीमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

canatharagarama-savasathaya-samabnathha-panarasathapana-savama-abhamakhakaranae-karayakarama-samapanana

चन्द्रागिरीमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

१० कात्तिक २०७८ । राष्ट्रिय अपाङ्ग कोष अन्तर्गत शारीरिक पुनर्स्थापना गतिविधी कार्यक्रमको आयोजनामा चन्द्रागिरी नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता सेमेत गर्नुभएको उपप्रमुख लिसा नकर्मीले नसर्ने रोग, दुर्घटना र बुढ्यौलीमा आउने समस्याबाट हाल अधिकांश मानिसलाई पुनर्स्थापना अन्तर्गतको कुनै न कुनै सेवा आवश्यक हुन गएको बताउनुहुँदै चन्द्रागिरी नगरपालिकाले पनि नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री उपलब्ध गराउनका लागि सहयोग गरिरहेको र सेवाको लागि राष्ट्रिय अपाङ्ग कोषमा सिफारिस भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा अपाङ्गता क्षेत्रमा कृयाशिल स्थानिय संघसंस्थाको तर्फबाट अपाङ्गता अभिभावक समाज नेपालका अध्यक्ष टेक बहादुर बम र सिर्जनशिल अपाङ्ग पुनर्स्थापना नैकापको प्रमुख दुर्गा लम्साल; नगरपालिकाको प्रशासन प्रमुख नविन खालिङ, स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरे, सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठ, आर्थिक प्रशासन महाशाखाको लक्ष्मी सुवेदी लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाको उपप्रमुख लिसा नकर्मीको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा सबै नागरिकको लागि पुनर्स्थापना सेवाको वितरण र यी सेवामा बिना आर्थिक कठिनाई सहज पहुँच कसरी स्थापित गर्न सकिन्छ भन्नेमा केन्द्रित भएको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo