चितवनको खैरेहनी नगरपालिकामा पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा समन्वय बैठक

catavanaka-kharahana-nagarapalkama-panarasathapana-savama-sajhathara-samabnathhama-samanavaya-bthaka

चितवनको खैरेहनी नगरपालिकामा पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा समन्वय बैठक

१७ भाद्र, २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत पुनर्स्थापना सेवामा साझेदारीका लागी नगरस्तरिय समन्वय बैठक चितवन जिल्लाको खैरेहनी नगरपालिकामा सम्पन्न भएको छ ।

खैरेहनी नगरपालिकाको मेयर लालमणी चौधरीको अध्यक्षतामा बसेको उक्त बैठकले राष्ट्रिय अपाङ्ग कोष र खैरेहनी नगरपालिका बिच पुनर्स्थापनाको लागी आवश्यक साझेदारी गरिने निर्णय गरेको छ ।

यसैबिच बैठकलाई सम्बोधन गर्नुहुँदै मेयर चौधरीले राष्ट्रिय अपाङ्ग कोष र खैरेहनी नगरपालिका बिच विगत लामो समयदेखी पुनर्स्थापना सेवामा साझेदारी हुँदै आएको बताउनुहुँदै उहाँले यो सहकार्य  सहयोग र समन्वय निरन्तर रहनुपर्नेमा जोड दिनुभयो । यस्तै उपमेयर सुनिता खरेलले अपाङ्गता आफैँमा संवेदनशील बिषय भएको र यस बिषयमा काम गर्दै गर्दा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई समान ढङ्गबाट सम्बोधन गर्न स्रोतको अभाव रहेको बताउनुहुँदै कोष र नगरपालिका मिलेर अपाङ्गताभित्रको बिबिधतालाई सम्बोधन गर्दै धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

यस्तै बैठकमा नगर अपाङ्ग समन्वय समितिका संयोजक गोविन्द बहादुर थापाले कोषले काठमाण्डौँदेखी चितवनसम्मको यात्रा तय गर्दै पुनर्स्थापना सेवामा सबैको पहुँचका लागी नगरस्तरिय बैठक आयोजना गरी सबै पदाधिकारी तथा प्रतिनिधीहरुलाई यसको महत्व र फाइदाको बारेमा जानकारी गराएकोमा धन्यवाद् ज्ञापन गर्नुभएको थियो ।

सो बैठकमा कालिका नगरपालिकाको उपमेर सुनिता खरेल, महिला बालबालिका शाखाको प्रमुख कृष्ण कुमारी गुरुङ, सहायक महिला बिकास निरिक्षक बिमला रानाभाट, नगर जनस्वास्थ्य अधिकृत अनुप अधिकारी,  नगर अपाङ्गता समन्वय समिती संयोजक गोविन्द बहादुर थापा, सहसंयोजक दिपेन्द्र शर्मा एवं प्रशासकिय अधिकृत चन्द्रकान्त न्यौपानेको बिशेष उपस्थिती रहेको थियो भने कोषको तर्फबाट फण्डरेजिङ अधिकृत मिलन खराल र आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्यको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo