हेटौँडामा पुनर्स्थापना सेवामा साझेदारी बिषयक उपमहानगर स्तरिय बैठक सम्पन्न

hatadama-panarasathapana-savama-sajhathara-bshhayaka-upamahanagara-sataraya-bthaka-samapanana

हेटौँडामा पुनर्स्थापना सेवामा साझेदारी बिषयक उपमहानगर स्तरिय बैठक सम्पन्न

चैत १९, २०७७ । अपाङ्गता भएका व्यक्तिहरुको लागी सहायक सामाग्री र पुनर्स्थापना सेवामा साझेदारी गर्ने उद्धेश्यका साथ राष्ट्रिय अपाङ्ग कोषले शारीरिक पुनर्स्थापना गतिविधी परियोजना अन्तर्गत हेटौँडा उपमहानगर स्तरिय समन्वय बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाबाट हेटौँडा उपमहानगरपालिकामा कोषको नाममा पठाइएको सङ्घीय सरकारको सशर्त अनुदानबाट सहायक सामाग्री पहिचान तथा वितरणका लागी सहजीकरण गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुको लागी आवश्यक सहायक सामाग्री तथा पुनर्स्थापना सेवामा हेटौँडा उपहानगरसँग समन्वय गरी धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागीहरुले छलफलका क्रममा अपाङ्गता भएका व्यक्तिहरुको लागी सहायक सामाग्री अत्यन्तै आवश्यकता र उच्च माग रहेतापनि सिमित स्रोतबाट सबैलाई सम्बोधन गर्न नसकिएको बताएका थिए । स्थानिय सरकारबाट अपाङ्गता भएका व्यक्तिहरुको अपेक्षा धेरै भएकोले उहाँहरुलाई क्रमशः सम्बोधन गरिँदै जाने बताउनुभएको थियो ।

बैठकमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख महिला बिकास अधिकृत बिष्णु कुमारी लामिछाने, आयुर्वेद तथा जनस्वास्थ्य महाशाखा प्रमुख रमन झा, जनस्वास्थ्य निरिक्षक भोला चौलागाईँ, महिला बिकास निरिक्षक सरिता अधिकारी, लैङ्गिक विकास सहायक गोपिनी गौतम, राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेशको कार्यक्रम अधिकृत सिता मल्ल, राष्ट्रिय अपाङ्ग कोषको आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्य, फण्डरेजिङ अफिसर मिलन खराल लगायतको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo