नुवाकोटमा नगरस्तरिय समन्वय बैठक सम्पन्न

navakatama-nagarasataraya-samanavaya-bthaka-samapanana

नुवाकोटमा नगरस्तरिय समन्वय बैठक सम्पन्न

३ बैशाख २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत नुवाकोटको बिदुर नगरपालिकामा सहायक सामाग्री उपलब्ध गराउन तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयान्तर्गत  कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाबाट बिनियोजित बजेट कार्यान्वयनका लागी नगरस्तरिय बैठक सम्पन्न भएको छ ।

विदुर नगरपालिकाको उपमेयर गिता कुमारी दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत विनियोजित बजेटको कार्यान्वयनका लागी सहजीकरण गर्ने निर्णय गरेको छ । साथै सो बैठकले नै अपाङ्गता भएका व्यक्तिलाई आवश्यकता अनुसार सहायक सामाग्री उपलब्ध गराउन विदुर नगरपालिका र राष्ट्रिय अपाङ्ग कोषबिच साझेदारी गरी अधिक भन्दा अधिक अपाङ्गता भएका व्यक्तिलाई सहयोग तथा सेवा उपलब्ध गराउने निर्णय गरियो ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामा विदुर नगरपालिका वडा नं १ को वडा सदस्य रुपा थापा विदुर नगरपालिका सामाजिक शाखा प्रमुख पुष्कल ज्ञवाली स्वास्थ्य संयोजक पुर्णध्वज श्रेष्ठ लेखा अधिकृत विनोद राज खनाल सिनियर स्वास्थ्य शाखा अनमी बुद्धिश्वरी खड्का अपाङ्ग मानव अधिकार मञ्च विदुरका सचिव लोचन भट्टराई र कोषका फण्डरेजिङ अफिसर मिलन खरालको सहभागीता रहेको बैठकले अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना र सहायक सामाग्रीको लागी स्थानिय तहले लिनुपर्ने दायित्व र कोषले प्रदान गर्दै आइरहेको सेवाहरुको बिषयमा पनि छलफल गरेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo