पुनर्स्थापना सेवाको साझेदारी सम्बन्धमा चितवनको कालिका नगरपालिकामा समन्वय बैठक

panarasathapana-savaka-sajhathara-samabnathhama-catavanaka-kalka-nagarapalkama-samanavaya-bthaka

पुनर्स्थापना सेवाको साझेदारी सम्बन्धमा चितवनको कालिका नगरपालिकामा समन्वय बैठक

१६ भाद्र २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत चितवनको कालिका नगरपालिकामा पुनर्स्थापना सेवामा साझेदारीका लागी समन्वय बैठक सम्पन्न भएको छ ।

कालिका नगरपालिकाको उपमेयर कमला भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त बैठकले राष्ट्रिय अपाङ्ग कोष र कालिका नगरपालिकाबिच सहायक सामाग्री तथा पुनर्स्थापना सेवामा पहुँचको लागी आवश्यक साँझेदारी गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकलाई सम्बोधन गर्दै उपमेयर भट्टराईले कालिका नगरपालिकाले यस अघि पनि कोषसँग मिलेर सहायक सामाग्री नाप जाँच शिविर आयोजना गरेको स्मरण गर्नुहुँदै पुनर्स्थापना सेवा सबैको लागी आवश्यक हुँदाहुँदै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई भने यो सेवा आधारभुत सेवाको रुपमा नै रहेको बताउनुभयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता बिकासका लागी र सामाजिक सुरक्षाका लागी नगरपालिकाले बिभिन्न कार्यक्रमहरु राखेको जनाउँदै आगामी दिनमा सहायक सामाग्री वितरणको लागी कोषसँग आवश्यक समन्वय गरिने बताउनुभयो ।

कालिका नगरपालिकाको कार्यपालिका सदस्य दुर्गा सुवेदी महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सम्झना ढकाल र सोही शाखाबाट सविना श्रेष्ठ एवं कोषको तर्फबाट फण्डरेजिङ अधिकृत मिलन खराल तथा आउटरिच एण्ड लायजन अधिकृत सुनिता आचार्यको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo