पुनर्स्थापना सेवामा पहुँचका बिषयमा सरोकारवालाहरुसँग समन्वय बैठक

panarasathapana-savama-pahacaka-bshhayama-sarakaravalharasaga-samanavaya-bthaka

पुनर्स्थापना सेवामा पहुँचका बिषयमा सरोकारवालाहरुसँग समन्वय बैठक

१० असोज, २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना परियोजना अन्तर्गत पुनर्स्थापना सेवामा पहुँचका बिषयमा सरोकारवालाहरुसँग समन्वय बैठक काठमाण्डौँमा सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिव सुष्मा कार्कीले स्वागत मन्तव्य राख्नुभएको उक्त बैठकमा शारीरिक पुनर्स्थापना गतिविधी परियोजनाको फण्डरेजिङ अधिकृत मिलन खरालले सबैको लागी पुनर्स्थापना बिषयमा प्रस्तुती दिनुभएको थियो ।


बैठकमा बोल्दै सहभागीहरुले राष्ट्रिय अपाङ्ग कोष सबै अपाङ्गता भएका व्यक्तिहरुको भरोसाको केन्द्र रहेको बताउँदै यसको दिगोपनाका लागी रहेका चुनौतीहरु सम्बोधन गर्दै सेवा बिस्तार गरिनुपर्नेमा जोड दिएका थिए ।


कोषका सभापति रमेश लामाको अध्यक्षतामा बसेको उक्त बैठकले राष्ट्रिय अपाङ्ग महासंघ लगायत बिभिन्न संघसंस्थाहरुसँग मिलेर सबैका लागि पुनर्स्थापना भन्ने बिषयलाई सार्थक बनाउन साझेदारी र सहकार्य गर्ने निर्णय गरेको छ । यस्तै सोही बैठकबाट राष्ट्रिय अपाङ्ग कोषको दिगोपना कायम गर्नका लागी संघीय, प्रादेशीक तथा स्थानिय सरकारसँग मिलेर सेवा बिस्तारका साथै आवश्यक सहकार्य गर्ने निर्णय भएको छ ।


ह्याण्डिक्याप इन्टरनेशनल र युएसएआइडिको सहयोगमा सम्पन्न उक्त बैठकमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा, बौद्धिक अपाङ्गताको अभिभावक महासंघका अध्यक्ष राजु बस्नेत, बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरु शेर्पा, नेपाल नेत्रहिन संघका अध्यक्ष सुरेशचन्द्र न्यौपाने, राष्ट्रिय बहिरा महासंघका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका टिकाराम लामिछाने,  राष्ट्रिय शारीरिक अपाङ्ग महासंघका अध्यक्ष बालकृष्ण गैह्रे, नेपाल पारा ओलम्पीक कमिटीका अध्यक्ष दिपक कोइराला, स्वावलम्बन जीवनपद्धती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ, नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र जोरपाटीका अध्यक्ष चिन्तामणी पौडेल, नेपाल अपाङ्ग मानवअधिकार केन्द्रकी अध्यक्ष तारा बदन सेढाई, अटिज्म केयर सोसाइटीकी प्रमुख डा. सुनिता मलेखु, स्पाइनल इन्जुरी नेटवर्क नेपालका अध्यक्ष  ऋषी राम ढकाल लगायत ३६ जनाको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo