पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा एलाइभ अस्पतालसँग समन्वय बैठक

panarasathapana-savama-sajhathara-samabnathhama-elibha-asapatalsaga-samanavaya-bthaka

पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा एलाइभ अस्पतालसँग समन्वय बैठक

१५ भाद्र २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत स्वास्थ्य सेवा प्रदायकहरुसँग पुनर्स्थापना सेवा बिस्तारका लागी समन्वय बैठक सम्पन्न भएको छ ।

पुनर्स्थापना सेवामा सबैको पहुँच स्थापित गर्ने उद्देश्यले गरिएको उक्त समन्वय बैठक एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरका प्रमुख एवं कन्सल्टेण्ट डाक्टर  प्रमोद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले राष्ट्रिय अपाङ्ग कोषले चितवन जिल्लामा सेवा बिस्तार तथा शिविरहरुको आयोजना गरेमा सो मा आफूहरुसँग भएको अपाङ्गता भएका सेवाग्राहीहरुको तथ्याङ्कको साझेदारी गर्ने तथा सेवाग्राहीको पहिचान एवं आवश्यक्ता अनुसार सहायक सामाग्री आवश्यक व्यक्तिहरुलाई कोषमा सिफारिस गर्ने निर्णय गरेको छ ।

भरतपुरको एलाइभ अस्पताल परिसरमा भएको उक्त बैठकमा भरतपुर महानगरिय अपाङ्गता परिचय पत्र बितरण समितिका सदस्य यम प्रसाद सुवेदी, कोषका फण्डरेजिङ एवं आउटरिच एण्ड लायजन अधिकृतहरुको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo