पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा राप्ती नगरपालिकासँग समन्वय बैठक

panarasathapana-savama-sajhathara-samabnathhama-rapata-nagarapalkasaga-samanavaya-bthaka

पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा राप्ती नगरपालिकासँग समन्वय बैठक

१६ भाद्र २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत राप्ती नगरपालिका चितवनसँग पुनर्स्थापना सेवामा साझेदारी सम्बन्धमा समन्वय बैठक सम्पन्न भएको हो ।

राप्ती नगरपालिकाका उपमेयर इमान सिंह मोक्तानको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय अपाङ्ग कोष र राप्ती नगरपालिका बिच सहायक सामाग्री वितरण तथा पुनर्स्थापना सेवामा आवश्यक साझेदारी गर्ने निर्णय गरेको छ ।


राप्ती नगरपालिका महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख देवी अधिकारी नगर अपाङ्ग समन्वय समिति अध्यक्ष मित्रलाल पोख्रेल एवं कोषको तर्फबाट फण्डरेजिङ अधिकृत मिलन खराल र आउटरिच एण्ड लायजन अधिकृत सुनिता आचार्य लगायत सहभागी बैठकको एक ‍अनौपचारिक सत्रमा भनेे राप्ती नगरपालिकाको मेयर  प्रभा बरालको समेत उपस्थिती रहेको थियो । सो सत्रमा पुनर्स्थापना सबैका लागी भन्ने बिषयमा केन्द्रित भई राप्ती नगरपालिकाले आगामी बर्षहरुमा पुनर्स्थापनाका बिभिन्न पक्षहरुका साथै सहायक सामाग्रीलाई पनि समेट्नुपर्ने तथा नगरलाई अपाङ्गता मैत्री बनाइनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।  उक्त सत्रमा राप्ती नगरपालिकाको मेयर प्रभा बरालले अपाङ्गता भएका व्यक्तिहरुको लागी मात्र नभई सबैको लागी पुनर्स्थापना आवश्यक रहेको परिप्रेक्ष्यमा राष्ट्रिय अपाङ्ग कोषबाट भएको भ्रमण तथा बैठकको प्रशंसा गर्नुभयो । साथै उहाँले निकट भविष्यमै नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीमा पहुँच सुनिश्चित गर्न नगरपालिका गम्भीर रहेको बताउनुहुँदै सो को लागि आवश्यक सहकार्य गरिने बताउनुभयो ।  कोषको आउटरिच एण्ड लायजन अधिकृत सुनिता आचार्यले सहजिकरण गर्नुभएको उक्त बैठक राप्ती नगरपालिकाको परिसरमा सम्पन्न भएको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo