पुनर्स्थापना सेवामा साझेदारीका लागी भरतपुर अस्पतालसँग समन्वय बैठक सम्पन्न

panarasathapana-savama-sajhatharaka-lga-bharatapara-asapatalsaga-samanavaya-bthaka-samapanana

पुनर्स्थापना सेवामा साझेदारीका लागी भरतपुर अस्पतालसँग समन्वय बैठक सम्पन्न

१५ भाद्र २०७८ । राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डपको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत  अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धीत पुनर्स्थापना सेवामा साँझेदारी सम्बन्धमा समन्वय बैठक सम्पन्न भएको छ ।

भरतपुर अस्पताल अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा.भोजराज अधिकारीको अध्यक्षतामा भएको उक्त बैठकले भरतपुर अस्पतालबाट सेवा लिएका सहायक सामाग्री तथा पुनर्स्थापना सेवा आवश्यक हुने सेवाग्राहीलाई आवश्यक सेवाका लागी राष्ट्रिय अपाङ्ग कोषको अपाङ्गता पुनर्स्थापना केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । साथै सोही बैठकले अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना सेवाको लागी आवश्यक सेवा अस्पतालले उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

भरतपुर अस्पताल अस्पताल व्यवस्थापन समितिको परिसरमा बसेको बैठकमा महानगरिय अपाङ्गता परिचयपत्र सिफारिस समितिका सदस्य यम प्रसाद सुवेदी तथा कोषको तर्फबाट फण्डरेजिङ तथा आउटरिच एण्ड लायजन अधिकृतहरुको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo