पुनर्स्थापना सेवामा साझेदारीका लागी चितवनको रनपामा नगरस्तरिय बैठक सम्पन्न

panarasathapana-savama-sajhatharaka-lga-catavanaka-ranapama-nagarasataraya-bthaka-samapanana

पुनर्स्थापना सेवामा साझेदारीका लागी चितवनको रनपामा नगरस्तरिय बैठक सम्पन्न

१६ भाद्र चितवन । पुनर्स्थापना सेवामा साझेदारीका लागी चितवनको रत्ननगर नगरपालिकामा नगरस्तरिय बैठक सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत भएको उक्त बैठक रत्ननगर नगरपालिकाको  उपमेयर विमला देवी दुवाडीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकले नेपाल सरकारको स्वास्थ्य क्षेत्र सेवा रणनिती अन्तर्गत पुनर्स्थापना सेवाका लागी अपाङ्गता भएका व्यक्तिहरु मैत्री पुनर्स्थापना सेवा उपलब्ध गराउनका लागी स्थानिय तहले आवश्यक नितीगत तथा योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैबिच उक्त बैठकले रत्ननगर नगरपालिका र राष्ट्रिय अपाङ्ग कोषको बिचमा साझेदारी गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरणका लागी आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ ।

सो बैठकमा रत्ननगर नगरपालिकाका वडा सदस्य कमल बहादुर घिमिरे, महिला बालबालिका शाखा प्रमुख दिपा घिमिरे, नगर स्वास्थ्य संयोजक माधव प्रसाद पौडेल, नगर स्तरिय अपाङ्गता समन्वय समिति उपाध्यक्ष मिन राज खनाल  र कोषको तर्फबाट फण्डरेजिङ तथा आउटरिच एण्ड लायजन अधिकृतहरुको सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo