राष्ट्रिय अपाङ्ग कोषको पुनर्स्थापना सेवा सुदृढिकरणका लागि समन्वय बैठक

rashhataraya-apanaga-kashhaka-panarasathapana-sava-sathadhakaranaeka-lga-samanavaya-bthaka

राष्ट्रिय अपाङ्ग कोषको पुनर्स्थापना सेवा सुदृढिकरणका लागि समन्वय बैठक

६ बैशाख २०७८ । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत पुनर्स्थापना सेवालाई सुदृढिकरणका लागी समन्वय बैठक सम्पन्न भएको छ ।  राष्ट्रिय अपाङ्ग कोषको अपाङ्गता पुनर्स्थापना केन्द्रलाई सुदृढिकरण गरी नेपालभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गर्नका लागी आवश्यक पुर्वाधार जनशक्ति तथा लगानीका बिषयमा सरकार र सरोकारवाला निकायहरुसँग कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित बैठक कोषको कार्यालय भृकुटिमण्डपमा बसेको थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको उप सचिव जमुना मिश्र, शाखा अधिकृत नेत्र कोइराला, कोषका सभापती रमेश लामा, सदस्य सचिव सुष्मा कार्की र प्रशासकिय अधिकृत सुनिता पौडेल सहभागी हुनुभएको बैठकले नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालययको निरन्तर सहयोग रहिआएको राष्ट्रिय अपाङ्ग कोषको अपाङ्गता पुनर्स्थापना केन्द्रलाई सुदृढिकरण गर्नका लागी आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकको अनौपचारिक सत्रमा सहभागीहरुले राष्ट्रिय अपाङ्ग कोष र अपाङ्गता पुनर्स्थापना केन्द्रको सुदृढिकरण सबैको चासो रहेको र यहाँबाट सेवा प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यम लगायत दैनिक जीवनमा सहज ढङ्गबाट सहभागी हुन सक्ने भएकोले यसको सुदृढिकरणमा सबैको संयुक्त प्रयास हुनुपर्ने बताएका थिए ।

OUR PARTNERS

logo
logo
logo
logo