सहायक सामाग्री र पुनर्स्थापना सेवामा पहुँचका लागी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

sahayaka-samagara-ra-panarasathapana-savama-pahacaka-lga-sarakaravalsaga-samanavaya-bthaka-samapanana

सहायक सामाग्री र पुनर्स्थापना सेवामा पहुँचका लागी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

२६ चैत । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत सहायक सामाग्री र पुनर्स्थापना सेवामा पहुँचका लागी बागमती प्रदेश हेटौँडामा रहनुभएका सरोकारवालासँग समन्वय बैठक सम्पन्न भएको छ ।

बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष माननिय श्याम कुमार बस्नेतको अध्यक्षता रहेको उक्त बैठकले प्रदेशको आगामी नीति तथा योजनामा सहायक सामाग्री तथा पुनर्स्थापना सेवा प्रबर्द्धनको विषय समावेश गर्ने निर्णय गरेको छ । साथै सोही बैठकले राष्ट्रिय अपाङ्ग कोषको सेवा प्रवर्द्धन एवं बिस्तारका लागी बैठकमा उपस्थित सबै सरोकारवालाहरुले समन्वय गर्ने निर्णय पनि गरेको छ ।

यसैबिच बैठकमा बोल्ने बक्ताहरुले नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत समाज कल्याण परिषद्को राष्ट्रिय अपाङ्ग कोष रहेकोले सबै सरकारी गैह्रसरकारी निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामाग्री र पुनर्स्थापना सेवामा पहुँच अभिवृद्धि गर्न हातेमालो गर्न जरुरी रहेको बताउनुभएको थियो ।


उक्त बैठकमा राष्ट्रिय अपाङ्ग कोषका सभापती रमेश लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा.डा. रामचन्द्र ढकाल, सचिव डण्डुराज घिमिरे, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुङ्गाना, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव  अनुप केसी, बागमती प्रदेश अस्पतालका अध्यक्ष प्रकाश पौडेल,  हेटौँडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना,  जनस्वास्थ्य निरिक्षक भोला चौलागाई, सामाजिक बिकास मन्त्रालयका महिला बिकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकार, बागमती प्रदेश गैसस अध्यक्ष कमल कुमार बिश्वकर्मा, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको कार्यक्रम संयोजक सीता मल्ल र मकवानपुरका अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्थाका प्रतिनिधीहरु सहभागीता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo