सहायक सामाग्री र पुनर्स्थापना सेवामा साझेदारीका लागी मकवानपुरका संघसंस्थासँग अन्तरक्रिया

sahayaka-samagara-ra-panarasathapana-savama-sajhatharaka-lga-makavanaparaka-saghasasathasaga-anatarakaraya

सहायक सामाग्री र पुनर्स्थापना सेवामा साझेदारीका लागी मकवानपुरका संघसंस्थासँग अन्तरक्रिया

चैत १९, २०७७ । अपाङ्गता भएका व्यक्तिहरुको लागी सहायक सामाग्री र पुनर्स्थापना सेवामा साझेदारी गर्ने उद्धेश्यका साथ राष्ट्रिय अपाङ्ग कोषले शारीरिक पुनर्स्थापना गतिविधी परियोजना अन्तर्गत मकवानपुर जिल्लामा कृयाशिल अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्बी संघसंस्थाहरुसँग समन्वय बैठक सम्पन्न गरेको छ ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाको अध्यक्षतामा सम्पन्न बैठकमा हेटौँडामा सहायक सामाग्री प्रयोगकर्ताहरुको अवस्था, सहायक सामाग्रीको उपलब्धताको सुनिश्चिततको लागी स्थानिय तहको दायित्व, राष्ट्रिय अपाङ्ग कोषले हाल सञ्चालन गरिरहेको कार्यक्रमहरु र अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामाग्रीमा पहुँचको अवस्था एवं पुनर्स्थापनाको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्थाहरुको भूमिकाको बिषयमा छलफल भएको थियो ।

उक्त बैठकमा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको सहसचिव सन्तोष पौडेल, कार्यक्रम संयोजक सिता मल्ल, आइ एल सेन्टर मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बो, अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष ठाकुर राम थापा, बौद्धिक अपाङ्गताको अभिभावक संघको निवर्तमान अध्यक्ष शारदा पौडेल, बहिरा महिला स्वावलम्बन विकास संघ नेपालको अध्यक्ष सरिता खरेल, मकवानपुर नेत्रहिन संघका अध्यक्ष तोरण बहादुर ओझा, दोभाषे सरस्वती कटुवाल, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको लेखापाल सविता आचार्य, सल्लाहकार जमुना तितुङ एवं राष्ट्रिय अपाङ्ग कोषका आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्य र फण्डरेजिङ अफिसर मिलन खरालको सहभागीता रहेको थियो ।

बैठकमा सहभागीहरुले छलफलका क्रममा मकवानपुर जिल्लामा सहायक सामाग्रीको आवश्यकता अत्याधिक रहेको तर सामाग्रीको मूल्य उच्च भएकोले उक्त सामाग्रीमा सहज पहुँच नभएको हुँदा सो को लागी आवश्यक बजेट बिनियोजन गर्न स्थानिय तहमा पहल गर्ने र अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना एवं सहायक सामाग्रीको दायित्व स्थानिय सरकारले लिनेगरी नितिगत तर्जुमा गर्न पहल गर्ने एवं कोषसँग मिलेर पुनर्स्थापना र सहायक सामाग्रीको बिषयमा सचेतना अभिवृद्धि गर्दै पुनर्स्थापना सेवा बिस्तार गर्नुपर्ने बताएका थिए ।

OUR PARTNERS

logo
logo
logo
logo