काभ्रेमा पुनर्स्थापना सेवामा पहुँचका बिषयमा सरोकारवालाहरुसँग समन्वय बैठक

काभ्रेमा पुनर्स्थापना सेवामा पहुँचका बिषयमा सरोकारवालाहरुसँग समन्वय बैठक
५ पुस २०७८ । पुनर्स्थापना सेवामा पहुँचका लागि कार्यरत सरोकारवालाहरुसँगको समन्वय बैठक काभ्रेमा सम्पन्न भएको छ ।समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोष अन्तर्गत शारिरीक पुनर्स्थापना गतिविधीको आयोजनामा उक्त समन्वय बैठक भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक पुनर्स्थापना सेवाका लागि सरोकारवाला संघसंस्थाहरुसँग साझेदारी गर्ने तथा सिफारिस आदानप्रदान गर्दै सेवाको सुदृढीकरण र विस्तारिकरण गर्ने उद्धेश्यले उक्त बैठकको आयोजना गरिएको हो ।
सबैका लागि पुनर्स्थापना सेवामा पहुँच पुर्याउनका लागि सरोकारवालाहरुको भूमिकाको बिषयमा खुल्ला छलफल भएको उक्त बैठकमा बोल्दै सहभागीहरुले पुनर्स्थापना सेवामा पहुँचका लागि स्थानिय सरकारले प्रदेश सरकारको सिबिआर कार्यक्रम कार्यान्वयन गरेको भएतापनि उक्त बजेटले अत्यावश्यक पुनर्स्थापना सेवा पनि सम्बोधन गर्न नसक्ने बताए । उनिहरुले अधिकांश पालिकाहरुसँग अनुदान कार्यविधी नभएको र अपाङ्गता भएका व्यक्तिहरुको लागि परिचय पत्र र सामाजिक सुरक्षा भन्दा माथि कुनै अधिकारीहरुले पनि नसोचेको बताए ।
बैठकको अध्यक्षता गरिरहनुभएको स्पाइनल कर्ड इञ्जुरी पुनर्स्थापना केन्द्रका सिबिआर कोअर्डिनेटर प्रज्वल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकको सहजिकरण परियोजना संयोजक तारा कार्कीले गर्नुभएको थियो भने कोषका सेवाहरुको बारेमा फिजियोथेरापिष्ट साजन मानन्धर र बिषय उठान फण्डरेजिङ अफिसर मिलन खरालले गर्नुभएको थियो ।
OUR PARTNERS



