कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखीकरण

kagashavara-manahara-nagarapalkama-savasathaya-samabnathha-panarasathapanama-pahaca-samabnathha-abhamakhakaranae

कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखीकरण

२७ मंसिर २०७८ । काठमाण्डौँको कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोष अन्तर्गत शारीरिक पुनर्स्थापना गतिविधी कार्यक्रमको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकामा उक्त अभिमुखीकरण कार्यक्रम भएको हो ।

नगरपालिकाका अधिकारीहरुसहित स्थानिय स्तरमा क्रियाशिल अपाङ्गता भएका व्यक्तिका संस्था एवं नगर अपाङ्ग समन्वय समितिका पदाधिकारीहरुसमेतको सहभागितामा उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सीता अधिकारीले पुनर्स्थापना सेवालाई स्वास्थ्यसँग जोडेर सम्बोधन गर्ने प्रयास हुन सकारात्मक भएकोले आगामी दिनमा राष्ट्रिय अपाङ्ग कोषसँग मिलेर पुनर्स्थापना सेवाको अत्यावश्यकता महसुस गरेका व्यक्तिहरुलाई सेवा प्रवाह गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिव सुष्मा कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख अनिता तामाङ्गले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा कोषको तर्फबाट प्रशासन अधिकृत सुनिता पौडेल परियोजना संयोजक तारा कुमारी कार्की र फण्डरेजिङ अफिसर मिलन खरालको सहभागिता रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo