नागार्जुन नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा अभिमुखीकरण कार्यक्रम

नागार्जुन नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा अभिमुखीकरण कार्यक्रम
२ पुष २०७८ । समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत नागार्जुन नगरपालिकाका अधिकारीहरुको उपस्थितिमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पुनर्स्थापना सेवा आवश्यक सबैको लागि पुनर्स्थापना भन्ने बिषयलाई साकार तुल्याउन र सो मा स्थानिय सरकारसँगको साँझेदारी गर्ने उद्धेश्यका साथ उक्त अभिमुखीकरण कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा सबैका लागि पुनर्स्थापना सेवाको आवश्यकता किन र पुनर्स्थापना सेवा आवश्यक व्यक्तिहरुको लागि स्थानिय तहको भूमिकाको बिषयमा पनि छलफल भएको थियो ।
अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको नागार्जुन नगरपालिकाको उपप्रमुख शुसिला अधिकारीले आफ्नो स्थानिय निकायले पुनर्स्थापना सेवाको प्रबन्धका लागि स्थानिय स्तरमा पुर्वाधार निर्माण र स्रोतको व्यवस्था गर्ने योजना रहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले उक्त पालिकाबाट राष्ट्रिय अपाङ्ग कोषको अपाङ्गता पुनर्स्थापना केन्द्रमा सेवाग्राहीहरुलाई सिफारिस गर्ने कार्य नियमित रुपमा भइरहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुशीला कठायत, महिला तथा बालबालिका शाखा प्रमुख सीता देवी सोती, सामाजिक विकास शाखा प्रमुख कल्पना अधिकारी, लेखा अधिकृत आनन्द कुमार खड्का र समन्वय समिति तथा स्थानिय संस्थाको तर्फबाट प्रयत्न नेपालको प्रतिनिधी शिल्पा ढुङ्गेल लगायतको सहभागिता रहेको थियो भने कोषको तर्फबाट परियोजना संयोजक तारा कार्की, फिजियोथेरापिष्ट साजन मानन्धर र फण्डरेजिङ अफिसर मिलन खरालको सहभागिता रहेको थियो ।
OUR PARTNERS



