पुनर्स्थापना सेवामा पहुँचका बिषयमा ललितपुरमा समन्वय बैठक

पुनर्स्थापना सेवामा पहुँचका बिषयमा ललितपुरमा समन्वय बैठक
१ पुस २०७८ । समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत ललितपुर जिल्लामा पुनर्स्थापना सेवामा पहुँचका बिषयमा सरोकारवालाहरुसँग समन्वय बैठक सम्पन्न भएको छ ।
पुनर्स्थापना सेवा आवश्यक सेवाग्राहीलाई कसरी सहज र बिना आर्थिक कठिनाई पुनर्स्थापना सेवामा पहुँच स्थापना गर्न सकिन्छ भन्ने बिषयमा बैठक केन्द्रित भएको थियो ।
स्वावलम्बन जीवन पद्धती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ललितपुर जिल्लामा क्रियाशिल अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्बी संघसंस्थाका प्रतिनिधीहरु र सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।
बैठकमा आफ्नो भनाई राख्दै प्रमुख अतिथी श्रेष्ठले कोष र यसको परियोजनाले जनचेतना तथा पैरवी गर्ने कार्य अन्तर्गत यस्ता बैठकहरु राखेकोमा धन्यवाद् दिदै यस्ता बैठक तथा कार्यक्रमहरुले पुनर्स्थापना सेवाको बिषयमा सबैको समान धारणा बनाउन सहयोग सिद्ध हुने बताउनुभयो । यस्तै उहाँले ह्याण्डिक्याप इन्टरनेशनल नेपाल र यूएसएआइडिले गरेको सहयोगबाट नेपालका अपाङ्गता भएका समुदाय बिभिन्न कार्यक्रमहरु मार्फत लाभान्वित भएको भन्दै सबैको लागि पुनर्स्थापनाको लक्ष्य नेपाल सरकारले हाँसिल गर्नका लागि र नितिको कार्यान्वयनका लागि सबैको साझा प्रयास आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा जेडब्लुएससी, स्वावलम्बन जीवन पद्धती केन्द्र र सेवाग्राहीहरुको सहभागिता रहेको सो कार्यक्रममा कोषको तर्फबाट परियोजना संयोजक तारा कार्की, प्रोस्थेटिक एण्ड अर्थोटिक इन्चार्ज राम बहादुर थापा र फण्डरेजिङ अफिसर मिलन खरालको सहभागिता रहेको थियो ।
OUR PARTNERS



